झापा : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन् ।
झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४ औं क्याम्पस सभाको उद्घाटन गर्दै थापाले कोसी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताए ।
‘स्थायित्व र विकासका लागि दलहरूलाई म यहीँबाट आह्वान गर्न चाहन्छु मुख्यमन्त्री थापाले भने, ‘अब कोसी प्रदेशमा दलहरू मिल्नुको विकल्प छैन, यो कुरा सबै दलहरूले बुझेका छन् । हामीबीच भएको गठबन्धन झिनो बहुमतको छ, यसले सरकारलाई स्थायित्व दिन सक्दैन । तसर्थ सबै दल मिल्न जरुरी छ ।’
सरकार अब सबै दलहरुबीच सहमति, सहकार्य र एकता गरेर अघि बढ्ने मुख्यमन्त्री थापाको भनाइ छ ।












Discussion about this post