इटहरी : कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्विबहादुर कटवाल नियुक्त भएका छन् ।
उनलाई मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सोमबार नियुक्त गरेका हुन् ।
उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ३ निवासी कटवाल कांग्रेस निकट छन् ।














Discussion about this post