इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा भेटिएको महिलाको शव हत्या भएको पुष्टि भएको छ ।
सोही ठाउँका ३९ वर्षीय दीपेन लिम्बूलाई इलाका प्रहरी कार्यालय इटहरीले आफ्नै श्रीमती हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
३५ वर्षीया सीता लिम्बूलाई घरायसी विवादका क्रममा कुटपिट गरी हत्या गरेको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा दीपेनलाई प्रहरीले पक्राउ गरेको हो ।
साउन ३२ गते इटहरी उपमहानगरपालिका ४ स्थित टेंग्रा खोला किनारमा एक महिलाको शव फेला परेकोमा मृतक लिम्बूको माइती पक्षले दीपेनले हत्या गरेको किटानी जाहेरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीमा मृतक सीताकी भाई २७ वर्षीय धनबहादुर लिम्बूले दिदीलाई दीपेनले हत्या गरेको किटानी जाहेरी दिएकाले सोही आधारमा दीपेनलाई साउन ३२ गते पक्राउ गरि अनुसन्धान सुरु गरिएको डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
काफ्लेका अनुसार सङ्खुवासभा मादी ३ घर भई हाल इटहरी उपमहानगरपालिका ४ मा बस्दै आएकी ३५ वर्षीया सीताको शव फेला परेको र इलाका प्रहरी कार्यालय इटहरीले शव फेला परेकी लिम्बूको शरीरमा नीलडाम देखिएकाले हत्या भएको आशङ्का गरिएको थियो ।
घटनाको अनुसन्धान जारी रहेको र पोष्टमार्टम रिर्पोट आएपछि थप कुरा खुल्ने डीएसपी काफ्लेले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post