विराटनगर : विराटनगरमा फर्मास्युटिकल एसोसियसन कार्यालयको उद्घाटन गरिएको छ ।
कोसी प्रदेशका फार्मासिष्टहरूको छाता संगठन फर्मास्युटिकल एसोसियसनको नयाँ कार्यालय विराटनगर ३ स्थित औषधि व्यवस्था विभाग शाखा कार्यालय नजिकै अध्यक्ष शम्भु साहले कार्यालयको उद्घाटन गरे ।
फार्मेसी पेसासँग सम्बन्धित स्वदेशी तथा विदेशी संघसंस्थासँग समन्वय गरी प्रदेशमा कार्यरत फार्मेसी जनशक्तिका लागि समयसापेक्ष क्षमता अभिवृद्धि तालिम, गोष्ठी, सेमिनार र व्यवसायिक हकहितको लागि काम गर्ने साहले बताए ।
जहाँ औषधी त्यहाँ फार्मासिष्टको सन्देशलाई आत्मसाथ गर्दै नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षा तथा नवीकरण प्रदेशबाट गर्ने गराउने व्यवस्था मिलाउन फार्मेसी दर्ता, अनलाइनका लागि सयोग गर्ने, गुनासो दर्तासँगै पेसासँग सम्बन्धित जानकारी गराउने सचिव दीपेन्द्र खड्काले बताए ।














Discussion about this post