विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज (सोमबार) विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् ।
भदौ ४ गते सोमबार (आज) १ बजे उपसभामुख सृजना दनुवारले विश्वासको मतका लागि समय दिएपनि उनी काठमाडौँतिर लागेपछि विश्वासको मत लिने सम्भावना टरेको थापाले बताएका हुन् ।
‘आज विश्वासको मत लिने सम्भावना देखिएन । सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौं,’ मुख्यमन्त्री थापाले भने, उपसभामुखले ‘आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नु भएको छ ।’
उपसभामुख दनुवार भने आज बिहानैमात्र नेकपा एमालेको निर्देशनमा काठमाडौँ लागेपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।












Discussion about this post