इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले मल कारखाना स्थापना हुन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार साँझ इटहरीस्थित सोल्टी वेस्टन होटेलमा आयोजित हुलास वायर इण्डष्ट्रिजको ‘संम्बर्द्धन समारोह’ मा बोल्दै मुख्यमन्त्री थापाले कोसी प्रदेशमा मल पर्याप्त नपाउँदा किसानहरू मर्कामा रहेको उदृत गर्दै मल कारखानाका निम्ति आग्रह गरेका हुन् ।
‘हुलास स्टिलले मुलुकमा ठूलो योगदान पुर्याएको छ, नेपाललाई उद्योगको क्षेत्रमा चिनाउन यो कम्पनीनको योगदान उच्च छ,’ उनले भने, ‘नेपालको अर्थतन्त्रलाई दर्बिलो बनाउन सहयोगसँगै रोजगारीको अवसर प्रदान गरेको छ ।’
उनले कोसी प्रदेशका किसानको कथा र समस्या आफ्नै रहेकाले राज्यको तर्फबाट किसानको समस्या सम्बोधन गर्न नसकिरहेको बताए ।
‘किसानको समस्या सम्बोधन गर्न गोल्छा परिवारको साथ आवश्यक छ,’ मुख्यमन्त्री थापाले भने, ‘कोसी प्रदेशमा मल कारखानाको स्थापना गर्न आवश्यक छ, मलको समस्याबाट किसान मुक्त बन्नका निम्ति मल कारखाना स्थापना होस् ।’
यसका लागि यो कम्पनीले सहयोग गरोस्, राज्यको तर्फबाट आवश्यक समन्वय र सहकार्य हुन्छ ।
कार्यक्रममा हुलास वायर इण्डष्ट्रिजका ब्राण्ड एम्बेष्डर क्याप्टेन विजय लामा, हुलास वायरका निर्देशक राजलक्ष्मी गोल्छा, प्रबन्ध निर्देशकद्वय युक्ति गोल्छा, पारस गोल्छासहितको उपस्थिति थियो ।
कार्यक्रममा प्रबन्ध निर्देशक युक्ति गोल्छाले एक सय वर्षको इतिहासलाई समेट्दै ४० वर्ष पुगेको हुलास वायर अझ परिमार्जित एवम परिस्कृत हुँदै जाने बताइन् ।
हुलास वायरले आगामी दिनमा स्टिल डिभिजनमा काम लाग्ने एंगल च्यानल, एचआर स्ट्रिप्स मिल लगायत अन्य आधा दर्जनभन्दा बढी नयाँ उत्पादनहरू बजारमा ल्याउन लागेको उनको भनाइ छ ।
कार्यक्रममा हुलास वायरकी अध्यक्ष राजलक्ष्मी गोल्छाले हुलास वायरलाई यहाँसम्म ल्याइ पुर्याउनका लागि महत्वपूर्ण योगदान दिनेहरूलाई सम्मान गरिन् ।
Discussion about this post