Thursday, July 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

लकडाउनले जन्माएको ‘अनलाइन व्यापार’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८०
in समाचार
0
लकडाउनले जन्माएको ‘अनलाइन व्यापार’
95
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोरोना महामारीले देश लकडाउनमा थियो । आम मानिस घरभित्र थिए । चाहेको खाने र आवश्यकता परिपूर्ति गर्ने अवस्था पनि थिएन । त्यसैबेला इटहरीमा केही उर्जाशील युवाहरूले सामाजिक सञ्जालको प्रयोग गरेर ‘इटहरी डेलिभरी सर्भिस’ अनलाइन व्यापार सुरु गरे ।

करिब दुई वर्षसम्म निःशुल्क ‘होम डेलिभरीको सर्भिस’ गरेसँगै अहिले उनीहरूले इटहरीदेखि मोरङको विराटचौकसम्म सेवा प्रदान गरिरहेका छन् । इटहरीका दीपेन थापा, सन्दीप साह र निर्दीव काफ्लेले अहिले सेवाग्राहीले चाहेको सामान ‘होम डेलिभरी’ गरिरहेका छन् ।

‘लकडाउन चैतमा भयो, हामीले साउनदेखि यो व्यापार सुरु गरेका हौँ,’ निर्दीवले भने, ‘सुरुमा हामीले फुड र बेकरीका आइटम मात्रै सुरु गरेका थियौँ, अहिले त फुडसँगै ग्राहकले चाहेको अन्य सेवा पनि दिइरहेका छौँ ।’

उनका अनुसार यो टिमले अहिले सामाजिक सञ्जालको प्रयोग गरेरै व्यापार गरिरहेको छ । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, इन्स्ट्राग्रामको माध्यमबाट उनीहरूले इटहरीसहित सुनसरीको रामधुनी, दुहबी र मोरङको विराटचौकसम्म सामान डेलिभरी गरिरहेका छन् ।

‘डेलिभरी पार्टनरको रूपमा काम गरिरहेका छौँ । ‘पिकअप एण्ड ड्रप’ पनि गरिरहेका छौँ । सुरुमा इनरुवादेखि धरानसम्म गर्यौँ,’ व्यापारको ‘स्कोप’ कस्तो छ भन्ने जिज्ञासामा उनले भने, ‘लकडाउनको समयमा हाइस्कोप थियो, अहिले चैँ अलिक कम छ । तर, ट्रेन्ड बस्दै गएको छ ।’

पूर्वमा डिजिटल मार्केट भर्खरै सुरु हुँदै गएको र काठमाडौँको मार्केटमा पहिलादेखि भएकाले पनि राजधानीसँग प्रतिष्पर्धा गर्न गाह्रो हुने सन्दीप बताउँछन् । सुरुमा फुड, बेकरी, बेभरेजलगायतका सामानको ‘डेलिभरी’ गर्दै आएपनि अहिले सेवाग्राहीले घरमा आवश्यक परेको सामान अर्डर गर्दा गिफ्ट आइटमदेखि सबै किसिमका सामान पनि ‘डेलिभरी’ गर्दै आएको साहले बताए ।

‘तपाईँले जुन कुरा रेस्टुरेन्टमा पाउनुहुन्छ, हामीले त्यही सामान बिक्री गर्ने हो,’ उनले भने, ‘रेस्टुरेन्टसँगको सहकार्यमा हामीले इटहरी क्षेत्रमा हामीले दुई वर्षसम्म ‘फ्रि डेलिभरी’ ग¥यौँ । त्यतिखेर मार्केटमा नयाँ थियौँ, मार्केटमा प्रतिष्पर्धा थियो । आँफूलाई ‘सस्टेन’ हुनका लागि पनि त्यो रणनीति अपनाएका हौँ, अहिले चैँ थोरै शुल्कमै ‘डेलिभरी’ गरिरहेका छौँ ।’

इटहरीभरी ‘डेलिभरी’ गर्दा ५० रुपैयाँसम्म र बढीमा एक सय बढी लिदैँ आएको उनले बताए ।

उनीहरूसँगै व्यापार गर्दै आएका दीपेन भन्छन्, ‘लकडाउनमा घरमा हुँद ‘खाइदिम् न त’ भन्ने चलन थियो, अहिले अनलाइनको आवश्यकता भइसकेको छ ।’

विभिन्न कार्यक्रम र बैँकमासमेत अनलाइनको माध्यमबाट ‘फुड डेलिभरी’ गर्दै आएको उनले बताए । खासगरी इटहरी सहरीकरणको रूपमा विकसित हुँदै गएकाले विदेशमा बसेर घरमा सामान ‘अर्डर’ गर्नेको संख्या बढ्दो रहेको उनी सुनाउँछन् ।

‘विदेशमा बसेर घरमा सामान अर्डर गर्नेहरूसँग सुरुमा आधा पैसा पेमेन्ट लिने र सामान पु¥याइसकेपछि पूरा पैसा लिने गरेका छौँ,’ उनले भने, ‘बढीजसो केक अर्डर हुन्छ । जन्मदिन मनाउने र सेलिब्रेसनको समयमा अझ बढी केक बिक्री हुँदै आएको छ ।’

उनकाअनुसार ब्राण्डिङ, कन्टेन्ट, डिजाइन र मार्केटिङमा लगानी गरेर अनलाइनको माध्यममार्फत व्यापार गर्दै आएकाले सेवाग्राहीले चाँडै र कम खर्चमै सामान अर्डर गर्न सक्नेछन् । उनीहरूको टिमले एक महिनामा एकदेखि डेढ लाखसम्मको व्यापार गर्दै आएका छन् ।

बिहान ८ बजेदेखि राति १० सम्म सामान ‘डेलिभरी’ हुँदै आएको छ । खासगरी फास्टफुडका सामान बढीजसो ‘अर्डर’ हुनेगरेको छ ।

‘हामीले लकडाउनमा सेफ्टीको लागि पीपीई लगाएरै सेवा दियौँ । वडा र नगरबाट स्वीकृत लिएर व्यवसाय सुरु गरेका थियौँ,’ निर्दीव भन्छन्, ‘सेवाग्राहीले लेखेको रिभ्यु र फिड ब्याकलाई पनि प्रयोग गरेर हामीले अनलाइनमार्फत व्यापार गर्दै आएका छौँ ।’

नेपालमा प्रविधिको विकास भर्खरै हुँदै आएकाले पनि सेवाग्राहीलाई सन्तुष्ट बनाउन चुनौती हुने उनको बुझाई छ । ‘जति धेरै अरुले राम्रो भन्यो, उति धेरै व्यापार हुने हो,’ उनले भने, ‘यसमा सेवाग्राहीलाई सन्तुष्ट दिलाउन पनि चुनौती छ ।’

बढीजसो सेवाग्राही युवा उमेरसमूहका रहेको उनीहरू बताउँछन् ।

नेपालमा खासगरी दराज डटकमको प्रवेशसँगै अनलाइन किनमेलले गति लिएको बताइन्छ । यसमा धेरथोर कोरोना महामारी र लडकडाउनको भूमिका पनि छ । कोरोना महामारी नियन्त्रणका लागि लकडाउन हुँदा आवतजावत ठप्प भयो ।

आममानिसले आवश्यक सामग्री किन्न अनलाइन माध्यमको प्रयोग बढाए । त्यो समय र पछि मोबाइल बैंकिङजस्ता डिजिटल भुक्तानीले पनि अनलाइन व्यापार फस्टाएको जानकारहरू बताउँछन् ।

Tags: #इटहरीअनलाइन व्यापारदीपेन थापानिर्दीव काफ्लेसन्दीप साह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना
FEATURE BREAKING

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : प्रदेश सरकारहरूको सत्ता सहकार्यमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको देखिएको दरारको प्रत्यक्ष असर कोशी प्रदेश सरकारमा पनि पर्ने...

इलामको रिखुवा खोलामा ३० करोडको पुल
समाचार

इलामको रिखुवा खोलामा ३० करोडको पुल

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको धार्मिकस्थल लारुम्बा जोड्ने आत्मानन्द मार्गअन्तर्गत माई नगरपालिका–६ स्थित रिखुवा खोलामा निर्माण...

इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

असार ३१, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.