धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा जारी गरेको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ ।
शुक्रबार जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै धरानमा निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञा खुलेसँगै बजार पसल लगायत यातायातका साधन बिहानैबाट चल्न थालेका छन् । यससँगै जनजीवन सामान्य बनेको छ ।
सामाजिक सञ्जालमा आएका विषयहरू प्रहरीको अनुसन्धानकै क्रममा रहेकोले आवेगमा आएर प्रदर्शन नचर्काउन प्रशासनले सबैमा आग्रह गरेको छ ।
पछिल्लो समय धरानमा सामाजिक सद्भाव बिग्रन नदिन विभिन्न राजनीतिक दल र सङ्घ संस्थाबाट चिन्ता व्यक्त गर्दै उनीहरूले सामाजिक सद्धभाव कायम गर्न आग्रहसमेत गरेका छन् ।














Discussion about this post