विराटनगर : विराटनगर महानगरपालिका वडा नं. १५ स्थित एक नम्बर ढाटबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सप्तरी औरही गाउँपालिका वडा नं. ५ बस्ने २१ वर्षीय नितिश कुमार यादव रहेका छन् ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यादबलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले १ ग्राम ०२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post