उदयपुर : उदयपुरमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटारी नगरपालिका ४ बस्ने विराटनगर महानगरपालिका १६ घर भएका ४२ वर्षीय दिनेश पण्डित रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएका प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।
पण्डितविरूद्ध २८ वर्षीया महिलाले धम्की डर देखाई जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन्। सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post