Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटा नगरपालिकाले गर्‍यो १७ सहकारीको दर्ता खारेज

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८०
in समाचार
0
धनकुटा नगरपालिकाले गर्‍यो १७ सहकारीको दर्ता खारेज
103
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : धनकुटा  नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत सहकारीको दर्ता खारेज गरिएको हो ।

धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउँनुपर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनुपर्ने र यसको विवरण नगरपालिकामा बुझाउनुपर्ने प्रावधान छ ।

प्रावधान विपरीत चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ । नौ वटा कृषि सहकारी, तीन वटा बचत तथा ऋण सहकारी, तीन वटा उपभोक्ता सहकारी तथा एक÷एक वटा दुग्ध र विधुत सहकारी खारेजीमा परेका छन् ।

ऐनको व्यवस्था अन्तर्गत नचल्ने सहकारीहरूबाट आम मानिसहरू ठगिन वा समस्यामा पर्न सक्ने भएकाले दर्ता खारेज गर्नुपरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

‘बर्षौदेखि साधारण सभा नगर्ने, अडिट नगर्ने सहकारीहरूबाट उपभोक्ताहरू ठगिन सक्छन्, कुनै पनि मानिस समस्यामा पर्नु हुदैन भनेर पटक–पटक ताकेता गर्दा पनि नमानेपछि त्यस्ता सहकारीको दर्ता खारेज गरेका छौं,’ मेयर तामाङले भने, ‘अहिले १७ वटा सहकारी खारेजीमा परेका छन्, अरु सहकारीको विषयमा पनि अनुगमन गर्दैछौ, अरु पनि खारेज हुन सक्छन् ।’

धनकुटा–१ को जनकल्याण बचत तथा ऋण सहकारी, जनसाहारा उपभोक्ता सहकारी र मकालु चिया तथा कफी उत्पादन साना किसान सहकारी सस्था खारेज भएका छन् ।

धनकुटा–२ को भीरगाउँ दुग्ध उत्पादक सहकारी, मधुगंगा सुन्तले विद्युत सहकारी, नवविहानी कृषि सहकारी, धनकुटा–३ को सुगन्धित चिया उत्पादक सहकारी, धनकुटा–४ को हजुरको उपभोक्ता सहकारी र सदाबहार कृषि सहकारी खारेजीमा परेका छन् ।

धनकुटा–५ को क्रमिक दैनिक बचत तथा ऋण सहकारी, धनकुटा–६ को अन्नपूर्ण बचत तथा ऋण सहकारी, अर्गानिक तरकारी उत्पादन तथा कृषि पर्यटन सहकारी, धनकुटा–७ को सहयात्री कृषि सहकारी, धनकुटा–८ को टेकुनाला कृषि सहकारी, आठपहरिया कृषि सहकारी र सान्ताङ कृषि सहकारीको दर्ता खारेज गरिएको छ ।

नियम अनुसार नगरपालिकामा विवरण नबुझाएपछि त्यस्ता सहकारीलाई सम्पर्कमा आउँन पटक–पटक सूचना जारी गरिएको थियो ।

अन्तिम पटक गत साउन ३० गते २१ वटा सहकारीलाई सम्पर्कमा आउँन १५ दिनको म्याद दिइएको थियो । समयसीमा भित्र चार वटा सहकारी सम्पर्कमा आएर साधारण सभा गर्ने प्रतिवद्धता जनाएको र बाँकी सम्पर्कमा नआएकाले उनीहरूको दर्ता खारेज गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए ।

ती सहकारीले तिर्नु वा बुझाउनुपर्ने दायित्व भए साविकको सञ्चालक समितिका पदाधिकारीहरूसँग सम्पर्क गरी फरफारक गरी लिन र अब उप्रान्त ती संस्थाहरूको नामबाट कुनै कारोबार नगर्न/नगराउँन पनि नगरपालिकाले सूचित गरेको छ ।

खारेजपछि धनकुटा नगरपालिकामा अब ५३ वटा सहकारी कायम भएका छन् । ती सहकारीको पनि अनुगमन भइरहेको नगरपालिकाले जनाएको छ ।

Tags: #धनकुटा#सहकारीचिन्तन तामाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?
FEATURE BREAKING

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका(४ बर्खेडाँडामा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा काँचो केरासहित चार जना नियन्त्रणमा

बैशाख ५, २०८३
इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

बैशाख ५, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

बैशाख ४, २०८३
विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा काँचो केरासहित चार जना नियन्त्रणमा

बैशाख ५, २०८३
इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1250 shares
    Share 500 Tweet 313
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.