इटहरी : नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णयसहित नामावली प्रकाशन गरेको छ ।
यसैबीच सुनसरीका डिएसपी राजकुमार राई प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास नक्सालमा सरुवा भएको छ । उनको स्थानमा नवीनकृष्ण भण्डारी आउने भएका छन् ।
यता, इलाका प्रहरी कार्यालय, इटहरीमा डीएसपी टेकबहादुर कार्की क्षेत्री आउने भएका छन् ।
अहिलेका डिएसपी पवनकुमार भट्टराईको काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रानीपोखरीमा सरुवा भएको छ । यद्यपि, इटहरीमा हाल माधवप्रसाद काफ्ले डीएसपी रहेका छन् । उनी काजमा आएका हुन् ।
हेर्नुहोस् सूची























Discussion about this post