धरान : धरान १५ मा ग्याँस सिलिण्डर पड्केर आगलागी भएको छ ।
स्थानीय गायत्रीप्रसाद धितालको एकतले काठको घरमा आगलागी भएको धरान उपमहानगरपालिकाले पुष्टि गरेलो छ ।
आगलागीका कारण घर पूर्णरुपमा क्षति भएको छ । क्षतिको विवरण भने आएको छैन । घरमा भएका सबै सरसामान जलेका छन् ।
बिहान १० बजे लागेको आगो धरान उपमहानगरपालिकाका तीनवटा दमकलले डेढघण्टामा नियन्त्रणमा लिएको वारुणयन्त्रका जमदार विजय थापा मगरले जानकारी दिए ।



















Discussion about this post