उदयपुर : लागूऔषध मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले उदयपुरको बेलका नगरपालिका ४ बाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीकाअनुसार पक्राउ पर्नेमा बेलका नगरपालिका ४ का ३० वर्षीय कान्छा भन्ने दानबहादुर माझी रहेका छन् ।
पक्राउ परेका माझीलाई उदयपुर जिल्ला अदालतले २०७९ वैशाख २२ गतेको फैसलाले २ महिना कैद सजाय तोकेकोमा उनी फरार रहेका थिए ।











Discussion about this post