विराटनगर : विराटनगरमा श्रोत नुखलेको नौ लाख रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १४ बाट सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा रानीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको नौ लाख रुपैयाँसहित विराटनगर १४ ब्रमाटोलका २६ वर्षीय कृष्ण चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीले प्र १–०२०४९ प ४३६८ नम्बरको मोटरसाइकलको बडीमा लुकाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त श्रोत नखुलेको रकम बरामद गरी आवश्यक छानविन तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।












Discussion about this post