Thursday, September 28, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा अज्ञात समूहबाट प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० भदौ २३ गते, १०:२९ बजे
0
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

तस्वीरमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवा ।

588
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा अज्ञात समूहले प्रहरीमाथि आक्रमण गर्दै हतियारसमेत लुटपाट गरेको छ ।

सुनसरीको दक्षिण क्षेत्रमा विशेष अप्रेसनमा खटिएका दुई जना प्रहरीलाई आक्रमण गरी अज्ञात समूहले हतियार लुटेका हुन् ।

सुनसरीको बर्जु गाउँपालिका १ शुक्रबारेमा ड्युटीमा रहेका सादा पोसाकका प्रहरीलाई शुक्रबार राती १२ बजे आक्रमण गरी हतियार लुटिएका हुन् ।

आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ ।

सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरु इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए ।

सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाएर लुटपाट गरिएको थियो ।

‘पछाडिबाट टाउकोमा चिर्पट प्रहार गरियो । त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भयो,’ एसपी रेग्मीले भने, ‘आक्रमणकारीको समूह ठूलो थियो । प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था भएन ।’

आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्नको खोजीकार्य भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Tags: #सुनसरी#सुनसरी प्रहरीआक्रमणलुटपाट

सम्बन्धित समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु
विविध

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
0

इटहरी : इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु भएको छ । इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्स मा असोज ९...

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट
समाचार

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
0

धरान : धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरिएको एक हजार सात सय ४८.५ केजी अखाद्य बेसार बरामद...

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे
इटहरीमा आमासँग बिहे, नौ वर्षीया छोरीमाथि यौन दुरुपयोग, यसरी बाहिरियो घटना

उदयपुरमा किशोरी बलात्कृत, एक पुरुष पक्राउ

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२४ बजे

ताप्लेजुङ : ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२२ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे

लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    सुनसरीमा अज्ञात समूहबाट प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट

    588 shares
    Share 235 Tweet 147
  • इटहरीकी एक महिलाको हत्या गरी शव जंगलमा फाल्न लगिएपछि…

    554 shares
    Share 222 Tweet 139
  • सुनसरीमा श्रीमान र देवरले गरे दुई महिलाको हत्या

    433 shares
    Share 173 Tweet 108
  • कान्छी चौक–चतरा सडक खण्डमा स्कूटर एकापसमा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    281 shares
    Share 112 Tweet 70
  • इटहरीमा १५ लाख ८७ हजार नक्कली नोटसहित पक्राउ परेका दुईजना प्रहरीद्धारा सार्वजनिक

    267 shares
    Share 107 Tweet 67
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana