पाँचथर : पाँचथरमा भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको फाल्गुनन्द गाउँपालिका ५ निगुरे बस्ने ३० वर्षीय दीपक चेम्जुङलाई भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको हो ।
दीपकले मादक पदार्थ सेवन गरी आफ्नै भाइ र बुहारीसँग विवाद गरी बुहारीलाई भरुवा बन्दुक देखाई मार्छु भनेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाक्तेपबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post