मोरङ : मोरङको रङ्गेली नगरपालिका ४ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका ८ का १९ वर्षीय पर्वत लिम्बू र बेलवारी नगरपालिका ८ का २६ वर्षीय सन्दिप कार्की रहेका छन् ।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले रङगेली ४ चोप्राहाबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ हजार तीन सय मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।












Discussion about this post