विराटनगर : कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० (२) बमोजिम कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
उनलाई सोमबार नै पद तथा गोपनीयताको शपथ गराइएको छ ।














Discussion about this post