मोरङ : मोरङको उर्लाबारी नगरपालिका ६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बुधबार प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५–७० वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतकको तत्काल पहिचान नखुलेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
प्रहरीले बस र चालक उर्लाबारी २ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।













Discussion about this post