इटहरी : मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका ३ त्रिवेणी चोकमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय नेत्रविनोद भट्टराईलाई ५१ ग्राम ६५ मिलिग्राम लागूऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ७ हजारसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका ११ गिरी बन्धु टि स्टेटको चिया बगानबाट इटहरी १७ का २६ वर्षीय भुवन गिरी र बाह्रदशी गाउँपालिका झापाका ३० वर्षीय सुशील तामाङलाई २१० मिलिग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, अर्जुनधारा नगरपालिका ११ का ४० वर्षीय विनोद प्रधानलाई १ ग्राम ८२० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post