मोरङ : मोरङ ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
ग्रामथान २ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको पोखरीमा डुबेर शनिबार (आज) मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार अनुसार दुवैजना बालिकालाई ग्रामथान २ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर घाइते भएको अवस्थामा बिहान ११ः३० बजेतिर भेटिएको थियो ।
पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनीहरुलाई प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याएका थिए । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post