विराटनगर : कोसी सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न चार निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार (आज) बसेको बैठकले संविधानसभाका अध्यक्ष, तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
यस्तै, प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरूको आर्थिक वर्ष २०८०।८१ को अस्थायी संगठन संरचनाका दरबन्दीहरू स्वीकृत गर्ने निर्णय गरेको छ ।
संघीय सरकारको वन मन्त्रालय अन्तर्गतका कोसी प्रदेशमा कार्यरत ७४ जना खरिदार सरहलाई संघीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोसी प्रदेश सरकार तयार रहेको जानकारी संघीय सरकारलाई गराउने निर्णय गरेको बताइएको छ ।
यसैगरी प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीहरूलाई प्रतिदिन एक सयको दरले दिँदै आएको खाजा भत्ता विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले दिने निर्णय गरेको सरकारका प्रवक्ता खानेपानी सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले जानकारी दिए ।














Discussion about this post