खोटाङ : खोटाङका एक युवकको जापानमा भएको दुर्घटनामा परी मृत्यु भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका १० बिजुलेका रमेश पुरीको दुर्घटनामा मृत्यु भएको हो।
उनी एक वर्ष पहिले मात्रै अध्ययनका लागि जापान गएका थिए। उनको मंगलबार (आज) बिहान दुर्घटनामा परी मृत्यु भएको हलेसी तुवाचुङ १० का वडाध्यक्ष अर्जुनकुमार पुरीले पुष्टि गरे ।
मृतक रमेश सोही वडाका पूर्व वडाध्यक्ष ज्ञानबहादुर पुरीका छोरा हुन्।
Discussion about this post