इटहरी : मोरङको सुन्दरहरैँचास्थित विराटचौकमा गजल महफिल कार्यक्रमको आयोजना गरिएको छ ।
बुधबार उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न महफिलमा बाबु त्रिपाठी (काठमाडौँ), सङ्गीता थापा (मकवानपुर), किशोर कोइराला (सुनसरी) र अनुप अनुपम (मोरङ) ले पाँच–पाँचवटा गजल सुनाएका छन् । उनीहरूले गजल सुनाउँदा दर्शकदीर्घबाट वाहवाही पाए ।
खासगरी बाबु त्रिपाठीले नेपाली गजल क्षेत्रलाई अभियानकै रूपमा लिएर हिँडिरहेका छन् । उनै त्रिपाठीसहित चर्चित गजलकार संगीता थापाले गजल वाचन गर्दा दर्शकदीर्घबाट वाहवाही दोहोरिरह्यो ।
मोरङका गजलकार अनुप अनुपम र सुनसरीका किशोर कोइरालाले वाचन गर्दा पनि दर्शकहरूले वान्स मोर् भन्दै ताली हुटिङ गरेका थिए ।
सुन्दरहरैँचा साइकल राइडर्सले आयोजना गरेको ‘बृहत् गजल महफिल’मा गजलकार विवश बलिभद्र कोइरालालाई सम्मानसमेत गरियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले सम्मान गरे ।
सुन्दरहरैँचा कला, साहित्य समाजका अध्यक्ष छवि वैरागी घिमिरेले संयोजन गरेको कार्यक्रमलाई गजलकार अस्मिता भट्टराईले सहजीकरण गरेकी थिइन् ।














Discussion about this post