इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्रीको रुपमा नियुक्त भएका छन् भने बुद्धिकुमार राजभण्डारी खानेपानी सिँचाई तथा उर्जामन्त्री नियुक्त भएका छन् ।
त्यस्तै, रामप्रसाद मेहता उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भए भने निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका छन् ।
यससँगै कोशी प्रदेश सरकार ९ सदस्यीय बनेको छ ।












Discussion about this post