मोरङ : मोरङको कटहरीमा ट्रकको ठक्करबाट एक कर्मचारीको मृत्यु भएको छ ।
मंगलबार पश्चिमबाट आउँदै गरेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बूढीगंंगा १ का ३७ वर्षीया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।
विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
मृतक अधिकारी सोराभाग इलकन हुलाकका कर्मचारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post