सुनसरी : सुनसरीमा वडाध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोसी गाउँपालिका ७ का वडाध्यक्ष लालदेव सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा सोही ठाउँका ३८ वर्षीय मुनेश्वर शर्मा पक्राउ परेका हुन् ।
शर्माले आफू वडाध्यक्ष भएको भन्दै राष्ट्रिय भूमि आयोगको ढाँचाअनुसार भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने विपन्न समुदायको लगत सङ्कलन फारममा वडाध्यक्ष सदाको कीर्ते हस्ताक्षर गरेको आरोप छ ।
आरोपित शर्मालाई आज (बुधबार) जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post