विराटनगर : कोसी प्रदेश सरकारले करम धर्म पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेशमा उराव तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो । कोसी प्रदेश मन्त्रिपरिषद्को बैठकले यससँगै छवटा निर्णय गरेको छ । उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० लाई सार्वजनिक गर्ने निर्णय गरेको छ।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्ससबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।
कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गर्ने पनि निर्णय भएको उनले बताए । प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति दिने पनि निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई जिम्मेवारी दिने निर्णयपनि गरेको छ।














Discussion about this post