Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ताप्लेजुङ : ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८०
in समाचार
0
101
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सिमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि सीमा प्रवेशपत्र वितरण गरिएको हो ।

गत साता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको नेतृत्वमा जिल्ला प्रशासनका कर्मचारी, सुरक्षा निकायका प्रमुख र फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको टोली ओलाचुङगोला पुगेर सीमा प्रवेशपत्र वितरण गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी चेम्जोङका अनुसार पहिलो चरणमा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र याङ्मा क्षेत्रका बसोबास गर्ने ८८ नागरिकलाई सीमा प्रवेशपत्र उपलब्ध गराएको हो ।

उनले भने– “टिप्तालमा नाकासम्म यातादेखि हामी पुग्र्यो । डिङ्जे काउन्टीका प्रतिनिधि पनि नाकासम्म आउनुभयो । दुई पक्ष भेटघाट भयो ।” दसैँ तिहारबीचमा टिप्ताला नाका खुल्न सक्ने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

डिङ्जे काउन्टी र फक्ताङलुङ गाउँपालिका, जिल्ला प्रशासन तापलेजुङका त्रिपक्ष सहमतिमा सीमादेखि ३० किलोमिटरसम्म बसोबास गर्ने नागरिकलाई पहिलोचणनमा सीमा प्रवेशपत्र उपलब्ध गएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।

विस्तारै प्रथमिकताका आधारमा फक्ताङलुङ गाउँपालिकामा बसोबास गर्ने नागरिकलाई समेत सीमा प्रवेशपत्र उलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ । जिल्ला प्रशासनका अनुसार प्रवेशपत्रका समय अवधी एक वर्ष हुने छ । प्रत्येक वर्ष सीमा प्रवेशपत्र जिल्ला प्रशासन कार्यालयमा नवीकरण गर्नुपर्ने हुन्छ ।

कोभिड–१९ कारण विगत चार वर्षदेखि टिप्ताला नाका बन्द छ । लामो समय नाका बन्द हुँदा सीमावर्ती क्षेत्रमा व्यापार ठप्प भएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको व्यापार ठप्प हुँदा आर्थिक सङ्कट खेप्दै आएको स्थानीय बताउँछन् । गलैँचा, जडीबुटी साथै नेपालबाट उत्पादित सामग्री चीन निर्यात बन्द हुँदा सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक सङ्कटमा पर्दै गएको जनाइएको छ ।

हिमाली क्षेत्रका समुदायले चौँरी याक गोठबाट जीविका गर्दै आएका छन् तर, चीनमा याक निर्यात नहुँदा दैनिक चलाउनै मुस्किल भएको स्थानीयवासीको भनाइ छ । याङमाका फिन्चो शेर्पाको पनि गोठमा चार वर्षदेखि याक बिक्री भएको छैन ।

शेर्पाको चार वर्षअघि २५ याक रहेकामा अहिले ९० हाराहारीमा छन् । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइ याकको चरन क्षेत्र हो । चीनका विभिन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घ्यूका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङ्माका सोनाम शेर्पाले बताए ।

चीनका विभिन्न बजारमा एउटा याकको रु ५० हजारदेखि एक लाख ५० हजारसम्म मूल्य पर्ने जनाइएको छ । यसैले त हिमाली क्षेत्रका समुदायले याक पालनप्रति आकर्षित हुँदै गएको हुन् तर चार वर्ष देखि कोभिड–१९ का कारणले ताप्लेजुङदेखि चीन प्रवेश गने मुख्य नाका टिप्ताला नाका साथै अन्य नाकासमेत बन्द गरेसँगै याक बिक्री हुन सकेको छैन ।

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पुर्खौली पेसा हो याक पालन नै हो । उच्च हिमाली क्षेत्र भएकाले याकबाहेक अन्य पशुचौपाय तथा खेतीपाती पनि हुँदैन । जिल्लामा फुङ्लिङ नगरपालिकासहित नौ स्थानीय तह रहेको छ । सबै पालिकामा बसोबास गर्ने उच्च हिमाली क्षेत्रका समुदायले याकपालन गर्दै आएका छन् । चीनका भिन्न बजारमा याक राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले याकपालन व्यवसायलाई निरन्तरता दिँदै आएको उहाँहरूको भनाइ रहेको छ ।

तर लामोसम्ममा पनि याक बिक्री नहुदाँ किसान निरासा हुँदै गएका छन् । बिक्री नभएपछि याक याक सङ्ख्या बढ्दै गएका छन्, भने किसानको आर्थिक सङ्कटले गर्दा दानापानी खुवाउन मुस्किल भएको छ । चरन क्षेत्रको समेत अभावले चौँरी याक भोगले मर्न पर्ने अवस्थासमेत भएको पोक्पेगोलाका चौँरी याक पालक दोर्जे शेर्पाले बताए ।

टिप्ताला नाका खुलाउने प्रक्रियामा भइरहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । नाका खुलाउने विषयमा गत वैशाख २२ मा डिङ्जे काउन्टीका प्रतिनिधि र ताप्लेजुङका प्रतिनिधिबीच भर्चुअल बैठक भएको थियो । नाका खोल्न समन्वय गरिदिन यसअघि वडा कार्यालय ओलाङचुङगोला, फक्ताङलुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गृह, परराष्ट्र मन्त्रालयलाई पटकपटक अनुरोध गरेका थियो । यसअघि घाङला नाकाबाट पनि आउजाउ हुने गरेको थियो ।

विशेष गरी याङ्मावासी घाङला नाका भएर रिउ जाने आउने गरेका थिए । सीमावर्ती क्षेत्रकालाई सिमानादेखि २५ किमी दूरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ । रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो । तिब्बतले अहिले रिउबाट ३५ किमि दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ । ताप्लेजुङ र सङ्खुवासभालाई सेन्टर पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो । सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किमी दूरीमा छ ।

सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ । सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना सङ्क्रमणपछि नेपालतर्फको सडक पूरै अवरुद्ध छ । मर्मतसम्भार हुन सकेको छैन । चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन् ।

नाका खुल्यो भने सीमा क्षेत्रमा बसोबास गर्ने समुदायलाई ठूलो राहत हुने सीमावर्ती क्षेत्र घुन्साका पेमा शेर्पाले बताए ।

Tags: #ताप्लेजुङ#राससवितरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 
FEATURE BREAKING

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

इटहरी : सप्तकोशी नदीमा चल्ने जल यातायातले पूर्वी पहाडका बासिन्दालाई तराईसँग जोड्दै आएको छ । भोजपुरको दक्षिणी भेग, धनकुटाका केही...

मौसम खुलेपछिको खाँदबारी बजार
विविध

मौसम खुलेपछिको खाँदबारी बजार

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

मौसम खुलेसँगै ड्रोनबाट लिएको संखुवासभाको सदरमुकाम खाँदबारी बजार र पृष्ठभूमिमा विश्वको पाँचौँ अग्लो मकालु हिमाललगायत हिमशृंखला । तस्बिर : भविन...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३
नेपथ्यको सांगीतिक साँझका लागि इटहरी तयार

नेपथ्यको सांगीतिक साँझका लागि इटहरी तयार

कार्तिक १०, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट तीन महिनामा भित्रिए एक हजार १०६ जना विदेशी पर्यटक

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.