मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका १ मा छतबाट खसेर एक नाबालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिन्द्राबहादुर पाण्डेका २१ महिने छोरा रिहान्च पाण्डे रहेका छन् । उनको चार तला घरको छतबाट खसेर मृत्यु भएको हो ।
खेल्ने क्रममा छतबाट सडकमा खसेर बुधबार सिकिस्त घाइते भएका उनलाई उपचारका लागि न्यूरो अस्पताल लगिएको थियो ।
उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post