इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले शनिबार रातिदेखि लागू हुनेगरी ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको हो । यस्तै, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढेको छ ।
मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको २ हजार ११० पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















Discussion about this post