मोरङ : मोरङको बेलबारी नगरपालिका २ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३६ प ९३६८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम चुलाचुली नगरपालिका २ का ४४ वर्षीय रमेश राई र पछाडि सवार ७२ वर्षीय भीमबहादुर राई घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा भीमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post