विराटनगर : नेकपा एमाले कोसी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विराटनगरमा रहेको होटल कञ्चनजंगामा एक कार्यक्रमबीच निर्वाचित सबै सदस्य तथा पदाधिकारीले शपथ लिएका हुन् ।
निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई नेकपा एमालेका सचिव तथा कोसी प्रदेशका इन्चार्ज रघुवीर महासेठले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेकपा एमालेको असोज १२ र १३ गते विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका थिए ।












Discussion about this post