इटहरी : नेपाल विद्यार्थी संघ (नेविसंघ) जनता बहुमुखी क्याम्पसको इकाई सभापतिमा सुमनबाबू बस्नेत सर्वसम्मत चयन भएका छन् ।
२० औं इकाई अधिवेशनबाट बस्नेतलाई सर्वसम्मत सभापतिमा चुनिएको हो । सभापतिमा बस्नेत र कोषाध्यक्षमा मनिषा खड्का चुनिएका छन् । अन्य पदाधिकारी र सदस्यहरू पछि टुंगो लाग्ने बताइएको छ ।
जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
स्ववियु सभापति तथा नेविसंघका तत्कालीन सभापति सहदेव काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वि.सं. २०७४ देखि २०७९ सालमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई सम्मानसमेत गरियो ।
सम्मानित हुनेमा माधवप्रसाद खनाल, विपना बास्तोला, दीपक चौधरी, सुरेन्द्र योङहाङ, देश कुमार राई र मल्लिका बास्तोला रहेका छन् ।














Discussion about this post