विराटनगर : विराटनगर १४ र १५ स्थितबाट प्रहरीले अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा कुर्था सुरुवाल, लेडिज टप्स, जेन्स अण्डरवेयर समेत गरी करिव एक लाख ४ हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको हो ।
बरामद गरिएका उक्त सामग्रीहरू भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post