उदयपुर : उदयपुरको दुई छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका ८ कोठुस्थित कोसी पुल नजिकै आउँदै गरेका सुनसरीको कोसी गाउँपालीका ५ श्रीपुरका २१ वर्षीय खैरुल वासरलाई चेकजाँच गर्दा निजको साथबाट २० ग्राम ९० मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी चेकजाँचमा खटिएको प्रहरीको सोही टोलीले १६ ग्राम ४७० मिलि ग्राम लागूऔषध ब्राउनसुगरसहित सप्तरीको कंकालिनी नगरपालिका १ का २७ वर्षीय बेचन मण्डल र ३२ वर्षीय जीतेन्द्र मुखियालाई उदयपुरको बेलका नगरपालिका १ आम्वासी स्थितबाट प्र २–०१–००१ प ४९५० नम्बरको मोटरसाइकलमा फत्तेपुरबाट उदयपुरको रामपुतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post