इटहरी : झापा, मोरङ र सुनसरीको छुट्टा–छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
सिमावर्ती एरिया इलाकाहरूमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली, चोरी पैठारी गरी अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको विभिन्न प्रकारको खाद्यान्नका सामग्री, जुत्ताचप्पल, लत्ताकपडा तथा माछा लगायतका सामानहरू बरामद गरेको हो ।
बरामद गरिएका सामान करिब एक लाख ९३ हजार मूल्य बराबरको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बरामद गरिएका सामानहरू सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।














Discussion about this post