Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटाका ऐतिहासिक सम्पदा गुमनाम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०८०
in समाचार
0
धनकुटाका ऐतिहासिक सम्पदा गुमनाम
113
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो ।

धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो । उक्त समयमा यहाँ निर्मित, पाटीपौवा, चौतारा, सडकलगायतका ऐतिहासिक संरचना अहिले संरक्षणविहीन बनेका छन् भने कतिपय नष्ट भएर गइसकेका छन् ।

सबैको बेवास्ताका कारण धनकुटा सदरमुकामस्थित धनकुटा नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक महत्व बोकेका सम्पदा संरक्षण र प्रवर्द्धन अभावमा गुमनाम हुँदै गएका छन् ।

धनकुटाको इतिहासमा छुट्नै नहुने धनकुटा बजारमा रहेको तत्कालीन प्रशासनिक केन्द्र धनकुटा गौँडा अहिले कहाँ छ भनेर खोज्नुपर्ने अवस्थामा गुमनाम छ । हाल नगरपालिकाको वडा नं ४ स्थित नेपाली सेनाको भीमदल गण ब्यारेकभित्र रहेको यो गौँडा सबैले नाम सुने पनि पछिल्लो पुस्ताका लागि परिचित छैन ।

संरक्षण अभावमा यहाँका सबै ऐतिहासिक वस्तु गुमनाम भएको बताउनुहुन्छ धनकुटा बहुमुखी क्याम्पसका पूर्वप्राधापक तथा धनकुटाको इतिहाससम्बन्धी जानकार ठाकुरप्रसाद बराल । धनकुटाकै परिचय बोकेको सल्लेरी वनभित्र रहेको महेन्द्र पार्क पुनःनिर्माण तथा संरक्षणमा एकलरूपमा निरन्तर लागिरहनुभएका बराल पुरातात्विक कुरा जोगाउन नगरवासी धेरै पछि परिसकेको बताउनुहुन्छ ।

बराल भन्नुहुन्छ, “धनकुटाका पुराना पाटीपौवा, चौतारा कङ्क्रिटले भरियो । कतिपय पाटीपौवा देख्दादेख्दै व्यक्तिगत घर बने । सडकमा छापिएका ढुङ्गा रातारात गायब भए । राम्रो बनाउने नाममा हाम्रो इतिहास बिगार्यौ ।” आफूले देख्दादेख्दै नगरमा घर बढेर व्यापार–व्यवसाय बढे पनि पर्यटक गुमनाम भएको र कुनै बेला पूर्वको शिक्षाको केन्द्र मानिएको धनकुटा क्याम्पससमेत अहिले विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ छ ।

जिल्लाकै पहिचानका रूपमा रहेको धनकुटा गौँडा, यहाँ रहेको पैसा छाप्ने टक्सार, वरपीपललगायत स्थानको तत्काल स्थानीय सरकारबाट संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । त्यस्तै धनकुटा नगरपालिका–६ स्थित ऐतिहासिक ५२ ढोके दरबारमा अहिले एक निजी विद्यालय सञ्चालनमा छ । यो दरबार तत्कालीन राजदरबारबाट निष्कासनमा परेका यक्षविक्रम साहका निम्ति राजदरबारले बनाइदिएको थियो ।

तर पछिल्लो समयमा उनका छोरा श्यामराजालगायतका शाहहरूले अंशबण्डा गरेपछि उक्त दरबारमा निजी स्कुल सञ्चालनमा आएको स्थानीयबासी तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका निवर्तमान सभापति राजेश्वरबहादुर श्रेष्ठको भनाइ छ । ऐतिहासिक महत्व बोकेको यो दरबार शाहहरूबाट किनेर सङ्ग्राहलयमा परिणत गर्नबाट धनकुटा नगरपालिका चुकेको इतिहासका जानकार बरालको तर्क छ । “अहिले पनि नगरपालिकाले किनेर साझा सम्पत्ति बनाउँदा धनकुटाको सान नै अर्कै हुन्छ”, उहाँले भन्नुभयो, “धनकुटाले इतिहास चिनेन र यसको मूल्य पनि चिनेन ।”

ऐतिहासिक महत्व बोकेको धनकुटा गौँडा सर्वसाधारणका लागि खुला गर्न नेपाली सेनासँग कुरा भइरहेको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको भनाइ छ । राणाकालमा स्थापित प्रशासनिक तथा व्यापारिक केन्द्र भएसँगै धनकुटा बजारमा बटुवा र भरियाका लागि नगरमा अनगिन्ती चौतारा र पाटीपौवा निर्माण भएको देखिन्छ । एक प्रकारले धनकुटा नगरपालिका कुनै बेला चौतारी नै चौतारीको नगर थियो । अहिले पनि नगरमा बाक्लै चौतारा छन् । अधिकांश चौतारी भौतिक संरचना निर्माणसँगै काटिएर मासिए भने बाँकी भएका कतिपय ऐतिहासिक चौतारी संरक्षणविहीन बनेका छन् ।

पछिल्लो समय सबै ठाउँ बाटाघाटा पुगेपछि प्रयोगविहीन बनेका यहाँ निर्मित पाटीपौवा र बरपिपलका चौतारीहरू नाममा सीमित छन् । यस्ता ऐतिहासिक विषय समाज र राज्यको सम्पत्ति भए पनि यसप्रति नागरिक र जनप्रतिनिधि सचेत नहुँदा संरक्षण नभएको पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राईको भनाइ छ ।

नागरिक, भूगोल र त्यहाँका सम्पदा मिलेरै राष्ट्र बन्ने भएकाले यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदाको नाश हुँदा नगरवासीलाई मात्र नभएर देशलाई नै घाटा हुने उहाँको भनाइ छ । राणाकालीन समयमा बजार क्षेत्रको तीन किलोमिटरभन्दा बढी च्याप्टो ढुङ्गाले छापिएको सडक विसं २०५६ बाट भत्काएर कालोपत्र गरिसकिएको छ । यसले नगरवासीलाई केही सुविधा त भयो तर यसले धनकुटा बजारलाई ठूलो क्षति भएको वडा नं ३ का अध्यक्ष विकास घिमिरेको भनाइ छ ।

यहाँका ऐतिहासिक सम्पदा जगेर्ना गरेर पर्यटन प्रवर्द्धनमा धनकुटावासी चुकेको उहाँको पनि भनाइ छ । पुरानो पुस्ताको बेवास्ता तथा नयाँ पुस्तामा ऐतिहासिक र पुरातात्विक महत्वसम्बन्धी जागरण नहुँदा पुराना कुराको संरक्षण हुन नसकेको धनकुटाका प्रा. डा. गोपालबहादुर भट्टराईको भनाइ छ । पुरातात्विक महत्वका सम्पदालाई समग्र धनकुटाको आर्थिक अवस्था मजबुत बनाउने आधारका रूपमा विकास गर्न नसक्नु धनकुटावासीको दुर्भाग्य भएको उहाँको भनाइ छ ।

अहिले राणाकालमा निर्मित धनकुटा बजारको ऐतिहासिक बिहीबारे हटिया पुनःनिर्माण भएर यसको पुरानो स्वरुप नष्ट भइसकेको छ । त्यस्तै यस नगर क्षेत्रमा मात्र पाइने ‘किरात आठपहरिया’ जातिको टिनको छाना लगाउन नहुने भनिएका खरले छाइएका घुमाउने घरसमेत नष्ट हुँदै गइरहेका छन् ।

साविक जिविसमा योजनासम्बन्धी २० वर्षभन्दा लामो अनुभव बटुलेका हाल धनकुटा नगरपालिकामा प्रशासन योजना तथा अनुगमन अधिकृत रहनुभएका सीताराम गौतमले नागरिकले सधैँ नयाँ कुराप्रति आकर्षित हुने भएकाले पुराना कुरा छाड्दै गएको हुनसक्ने जिकिर गर्नुभयो ।

नगरका जति पनि पुराना संरचनाको ठाउँमा नयाँ बनेका छन् ती सबै नागरिकको माग र स्थानीय तहहरूको समेत लगानीमा पुनःनिर्माण हुँदै आएको उहाँको भनाइ छ । समाजको विकासक्रमसँगै यहाँका ऐतिहासिकस्थल तथा सम्पदाको संरक्षण नहुँदा धनकुटा बजार क्षेत्र केवल घर नै घरको बजारमात्र बन्न पुगेको छ ।

विसं २०४० मा धनकुटा बजारबाट भोजपुर, सङ्खुवासभा तेह्रथुम जाने मोटरबाटो बजारको बीच भागबाट लैजान नदिएर सडक बाहिरबाट गएपछि यो बजार उस्तै साँघुरो अवस्थामा छ । पछिल्लो समय पूर्वाञ्चलका १६ जिल्लाको सदरमुकाम रहेको गुल्जार नगरपालिका देश सङ्घीयतामा गएपछि धनकुटा जिल्ला सात स्थानीय तहमा विभाजन भएसँगै यो नगर थप कमजोर भएको छ ।

धनकुटा नगरपालिका क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विकस्थलका लागि कार्यक्रम नभएको तर संस्कृति प्रव्द्र्धनका लागि नगरपालिकाले योजना र बजेट विनियोजन गर्दै आएको नगरका उपप्रमुख भीमादेवी खनालले जानकारी दिनुभयो । नगर क्षेत्रको आर्थिक विकासका लागि यस वर्षबाट बन्दीपुरको घरबास (होमस्टे)मोडलमा आधारित होमस्टे सञ्चालनको कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेका ऐतिहासिक विषयमा भने आफूहरूको ध्यानाकर्षण भएकाले आगामी नगरको नीति तथा कार्यक्रममा यसलाई समावेश गरिने उहाँको भनाइ छ ।

Tags: #धनकुटा#राससगुमनाम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.