इटहरी : झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरूबाट भन्सार छली गरेर नेपाल ल्याउँदै गरको अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
सिमावर्ती एरिया इलाकाहरूबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली गरेर चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारको रेडिमेट कपडा, कुर्ता सुरुवाल, खाद्यान्न र कस्मेटिक लगायतका सामानहरू बरामद गरेको हो ।
बरामद गरिएका करिब एक लाख ७३ हजार रुपैयाँ बराबरको सामान सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post