इटहरी : कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीका लागि कार्कीले ४७ जना प्रदेश सदस्यको हस्ताक्षर सनाखत गरेर शनिबार बिहान प्रदेश प्रमुखलाई बुझाएका थिए ।
कांग्रेसका डा. शेखर कोइराला समूहका कार्कीलाई एमालेका ३९ र कांग्रेसका नौ सांसदले हस्ताक्षर गरेका थिए । 



















Discussion about this post