इटहरी : नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्वव थापाले राजीनामा दिएका छन् ।
उनले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।
कोसी प्रदेश सरकार गठनमा भएको घटनाक्रमले पदमा बसिरहन उचित नभएको निष्कर्ष निकाल्दै उनले राजीनामा दिएको जनाएका छन् ।
उनी यसअघि गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका थिए ।













Discussion about this post