Tuesday, May 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘हामीले गठबन्धन कांग्रेससँग गरेको हो, गुट, उपगुटसँग होइन’ : आङ्बो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८०
in समाचार
0
‘हामीले गठबन्धन कांग्रेससँग गरेको हो, गुट, उपगुटसँग होइन’ : आङ्बो
130
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोसी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेपाली कांग्रेसको कुनै गुटसँग नभइ कांंग्रेस पार्टीसँग गठबन्धन गरेको बताएका छन् ।

माओबादीले धेरै त्याग गर्दै कांग्रेसलाई सरकार बनाउन सघाएको तर कांग्रेसको गुट, उपगुटले भने धोका दिएको उनको भनाइ छ ।

तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बन्न सघाएको उनले बताएका छन् ।

दुईपटक मुख्यमन्त्री बनेपनि कांग्रेसका उद्धव थापाले विश्वासको मत प्राप्त गर्न नसकेपछि यसपटक भने प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

तर, कांग्रेसका डा. शेखर कोइराला समूहले असन्तुष्ट जनाउँदै मुख्यमन्त्रीमा केदार कार्कीले एमालेको साथ लिएर दाबी पेस गरे । सोअनुसार शनिबार कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

यसपटक कोशीमा सरकार बनाउने अन्तिम मौका थियो । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम जुनसुकै सांसदले पनि मुख्यमन्त्रीमा दाबी गर्न पाउँथे । सोहीअनुसार कार्कीले केन्द्रले गरेको निर्णयलाई लत्याउँदै एमालेको साथ र डा. शेखर समूहका ९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

एमालेसँगको गठबन्धनबाट बाहिरिएपछि आफैँले दाबी नगरीकन कांग्रेसलाई मुख्यमन्त्री बन्न सघाएको आङ्बोले उदृत गरे ।

‘गठबन्धनको कठिन अंकगणितको बाबजुत बहुमत पु¥याउने र विश्वासको मत पनि पाउने विश्वासिलो आधार हाम्रो दलसँग हुँदापनि गठबन्धनको संवेदनशीलतालाई ख्यालमा राख्दै मुख्यमन्त्रीमा हामीले कांग्रेसको दाबीलाई स्वीकार गरेका थियौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलोपटक सरकार गठनमा कांग्रेसका उम्मेदवारलाई सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी गर्न पनि हामी तयार भयौं । मुख्यमन्त्रीको नियुक्ति सर्वोच्चले बदर गरेपछि कांग्रेसकै नेतालाई मुख्यमन्त्री बनाउन माओवादीसँग भएको सभामुखसमेत राजीनामा गराएर बहुमतसहित सरकार गठन गर्न तयार भयौं ।’

दुईपटकसम्म कांग्रेसले बहुमत प्राप्त गर्न नसकेपछि यसपटक आँफूले विश्वासको मत प्राप्त गर्नेगरी र प्रदेशलाई स्थायित्व दिन दाबी गरेपनि कांग्रेसको गुटबाट धोका पाएको उनले उल्लेख गरेका छन् । आँफूहरूले कुनै गुट, उपगुटसँग सहकार्य गरेको नभइ कांग्रेससँग सहकार्य गरेको आङ्बोले स्मरण गरे ।

‘हामीले गठबन्धन र सत्ता सहकार्य कांग्रेससँग गरेको हो । गुट, उपगुट र पार्टीभित्रको असन्तुष्टि व्यवस्थापनको जिम्मा स्वयम् कांग्रेसकै हो । पार्टीको आधिकारिक निर्णय कांग्रेसले किन लागू गर्न सकेन ? यसको समीक्षा गर्ला वा नगर्ला त्यो कांग्रेसकै कुरा हो,’ उनले भनेका छन्, ‘सत्ता गठबन्धन भित्रको सहमति र सहकार्यमा थप विभाजन र जटिलता नआवस् भन्ने चाहना र हाम्रो दाबी पनि नपुग्ने अवस्था भएकोले प्रदेश प्रमुखले बोलाउनु भएको सनाखतमा हामी सहभागी नहुने निष्कर्षमा पुग्यौं ।’

Tags: इन्द्रबहादुर आङ्बोकोसी प्रदेशमाओवादी केन्द्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ
FEATURE BREAKING

एक महिनामै प्रकाशित भयो एसईईको नतिजा, कसरी हेर्ने परीक्षाफल ?

by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८३
0

इटहरी : राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा एक महिनामै सार्वजनिक गरेको छ...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 
FEATURE BREAKING

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८३
0

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।...

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३
जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

बैशाख २८, २०८३
कोशीमा तीन वर्षमा ४८ हजार ८२२ महिलाले लिए सुरक्षित गर्भपतन सेवा, तर लाजले जोखिमपूर्ण

झापा : ३ वर्षमा १० हजारले लिए सुरक्षित गर्भपतन सेवा, ६०६ जना २० वर्षमुनिका

बैशाख २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ

एक महिनामै प्रकाशित भयो एसईईको नतिजा, कसरी हेर्ने परीक्षाफल ?

बैशाख २८, २०८३
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

बैशाख २८, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1555 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    506 shares
    Share 202 Tweet 127
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.