मोरङ : मोरङको रतुवामाई नगरपालिका ८ इटहरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
को २६ प ४२७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रतुवामाई ९ का अन्दाजी ३२ वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको हो । आफैं अनियन्त्रित भएर गएराति ११ बजेतिर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि उर्लाबारीस्थित अरनीको अस्पताल लगिएको थियो ।
उपचारका क्रममा चिकित्सकले राति ११ः४५ बजेतिर श्रेष्ठलाई मृत घोषित गरेका हुन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।













Discussion about this post