इटहरी : अवैध रूपमा इटहरी ल्याउँदै गरेको करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको कुर्ता सुरुवाल सशस्त्र प्रहरी बलको मोरङ टोलीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाकाअनुसार विशेष सूचनाका आधारमा विराटनगरको कञ्चनवारी चौकबाट प्र १-०४-००१ च ०११० नम्बरको बलेरो पिकअपसहित ८३४ थान कुर्ता सुरुवाल बरामद गरिएकाे हो ।
थापाले १६ पोका बनाएर कुर्ता सलवार सुनसरीको इटहरी ल्याउँदै गर्दा कञ्चनबारीबाट बरामद भएको जानकारी दिए ।
करिब १५ लाख रुपैयाँ बराबरको गाडीसहित ७ लाख ५० हजार ६ सय रुपैयाँको कपडा गरेर कुल २२ लाख ५० हजार ६ सय रुपैयाँको समान बरामद भएको उनको भनाइ छ ।
सशस्त्र प्रहरीले बोलेरो चालक विराटनगर ७ का जयकुमार राईलाईसमेत नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पिकअप भ्यान, कुर्ता सलवारसहित चालक राईलाई आवश्यक कारबाहीका लागि शुक्रबार विराटनगर भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।














Discussion about this post