मोरङ : मोरङको बेलबारी नगरपालिका ८ भलुवाई स्थितमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलबारी नगरपालिका १० की २८ वर्षीया सुनीता राजवंशी रहेकी छन ।
बाँसको झ्याङ नजिकै माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।













Discussion about this post