इटहरी : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।
निगमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो।
मंगलबार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आएको नयाँ मूल्यसूचीअनुसार डिजेल लिटरमा ३ रूपैयाँ ६३ पैसा घटेर आएको निगमले जनाएको छ। सोहीअनुसार लिटरमा चार रुपैयाँले मूल्य घटाएको निगमले जनाएको छ ।
त्यस्तै, पेट्रोल लिटरमा एक रुपैयाँ ५१ पैसा र एलपी ग्यास सिलिन्डरमा ९३ रुपैयाँ ६० पैसाले वृद्धि भएर आएको छ। तर पेट्रोल र ग्यासको भाउ यथावत छ।














Discussion about this post