विराटनगर : कोसी प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको राजस्व संकलन विधेयक, २०८० प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री केदार कार्कीको अध्यक्षताको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदनका साथै अन्य आयोगका वार्षिक प्रतिवेदन सभामा पेस गर्ने निर्णय गरेको हो।
बैठकले झापाको अर्जुनधारा नगरपालिकालाई जापानको इवाते प्रान्तको तोवो नगरसँग भगिनीसम्बन्ध कायम गर्न स्वीकृति दिएको बिनाविभागीय मन्त्री शम्शेर राईले जानकारी दिए।












Discussion about this post