विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री कार्कीले शुक्रबार साँझ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक एक जना सांसदमा मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्रीद्वयलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले नेकपा एमालेको असहमतिकाबीच गठबन्धन दलका दुई सांसदलाई मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि एमाले शनिबार सरकारबाट बाहिरिएको छ ।














Discussion about this post