इटहरी : झापा, मोरङ र सुनसरीका विबिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेका अवैध कपडाहरू प्रहरीले बरामद गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रानीबाट परिचालित प्रहरी टोलीले विराटनगर १६ स्थितबाट भन्सार छली गरेको एक लाख ९० हजार मूल्य बराबरको ९५ सेट कुर्था सुरुवाल बरामद गरेको छ ।
यसैगरी सुनसरीको प्रहरी चौकी सुक्रबारेबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका १२ स्थितबाट एक लाख ५७ बजार बराबरको १ सय ५७ थान कुर्था सुरुवाल बरामद गरेको छ ।
उता, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी चौकी सतिघट्टा झापाबाट खटिएको गस्ती टोलीले ५० हजार बराबरको जेन्स भेष्ट बरामद गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा अन्तरगत परिचालन भएको प्रहरी टोलीले बरामद गरेको करिब तीन लाख ९७ हजार बरावरका अवैध भन्सार छलीका कपडा आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post